विजय वाम्बुलेकाे रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक

समाचारदाता : सदेश

२०८३ जेठ ६ गते।

धराने मिडिया : युवा गायक तथा संगीतकार विजय वाम्बुले राईको नयाँ आधुनिक तथा रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक भएको छ। मंगलबार गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। 

‘मेरो खुशी’ गीतमा शब्द तथा संगीत स्वयं विजय वाम्बुले राईकै रहेको छ। गीतमा दार्जिलिङ मिरिककी गायिका सुरक्षा सेन्चुरीले स्वर दिएकी छन्। उनी चर्चित रियालिटी शो द भाेइस अफ नेपालको सिजन ३ मा नकआउट चरणसम्म पुग्न सफल भएकी थिइन्। साथै धरान–११ निवासी गायक भक्त राज कालिकोटेको पनि गीतमा स्वर रहेको छ। हाल उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन्।

यसअघि ‘रेलैको इन्जिन’, ‘तिम्रै लाग्छ माया’, ‘किराँती हामी’ र ‘ख्याल ठट्टा पाराले’ जस्ता गीतमार्फत दर्शकमाझ लोकप्रिय बनेका विजय वाम्बुले राईले ‘मेरो खुशी’ मार्फत पुनः आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका छन्।