नेपाल पत्रकार महासंघ सुनसरीको १४ औं साधारणसभा सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ ७ गते।

धराने मिडिया : नेपाल पत्रकार महासंघ सुनसरी शाखाको १४ औं साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा पत्रकारिताको वर्तमान अवस्था, सञ्चार क्षेत्रका चुनौती, संगठन सुदृढीकरण तथा पत्रकारहरूको हकहितका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, सामाजिक व्यक्तित्व तथा अतिथिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

साधारणसभा उद्घाटन समारोहमा धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले पत्रकारको सुरक्षा र अधिकारप्रति आफू प्रतिबद्ध रहेको बताएका थिए।

WhatsApp Image 2026-05-21 at 10.33.25 AM

साधारणसभामा शाखाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि समेत छलफल गरिएको थियो। साथै, पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रेस स्वतन्त्रता र श्रम अधिकारका विषयलाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सभामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारले प्राइभेट मिडियालाई सरकारी विज्ञापन बन्द गरेर मिडिया उद्योगलाई आर्थिक नाकाबन्दी गरेको सरकारले पत्रकारलाई समाचार सङ्कलनमै रोक लगाएर सूचनाबाट वञ्चित गराउने नीति अपनाएको बताएकी थिइन।

साधारण सभामा सुनसरीका ४ चार जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

WhatsApp Image 2026-05-21 at 10.47.51 AM