श्री सहिद स्मृति माध्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सव सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ ९ गते।

धराने मिडिया : धरान-८ स्थित श्री सहिद स्मृति माध्यमिक विद्यालय को ६८ औं वार्षिकोत्सव, समापन तथा भवन उद्घाटन एवं सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयको शैक्षिक, सामाजिक तथा अतिरिक्त क्रियाकलापमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै विद्यालय परिसरमा निर्माण सम्पन्न नयाँ भवनको औपचारिक उद्घाटन समेत गरिएको आयोजकले जनाएको छ।

WhatsApp Image 2026-05-22 at 9.28.24 AM (1)

समारोहमा प्रमुख अतिथि कोशी प्रदेश मुख्य मन्त्री हिक्मत कुमार कार्की, विशिष्ट अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य तथा विभिन्न सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।

विद्यालय प्रशासनले ६८ वर्षको शैक्षिक यात्रामा साथ सहयोग गर्ने सम्पूर्ण शिक्षक, अभिभावक, पूर्व विद्यार्थी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

WhatsApp Image 2026-05-22 at 9.28.24 AMWhatsApp Image 2026-05-22 at 9.28.24 AM (2)