हिबिस्कस स्कुलमा निर्वाचन कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ ९ गते।

धराने मिडिया : हिबिस्कस इङलिस स्कुलमा हाउस क्याप्टेन तथा विद्यालय क्याप्टेन चयनका लागि आयोजित निर्वाचन कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजित उक्त चुनाव उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

विद्यालयमा रहेका विभिन्न हाउसअन्तर्गत विद्यार्थीहरूले लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना प्रतिनिधि चयन गरेका हुन्। निर्वाचनबाट यलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता तथा उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित भएका छन्। त्यसैगरी रेड हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’ र उपक्याप्टेनमा सोनिम शेर्पा चयन भएका छन्।

11e312c2-5c3f-44d6-9d20-7acf20c64d92

ग्रीन हाउसको क्याप्टेनमा अटल योगी तथा उपक्याप्टेनमा लेशन शेर्पा निर्वाचित हुँदा ब्लु हाउसको क्याप्टेनमा मिशन राई र उपक्याप्टेनमा रेश्मा तामाङ चयन भएका छन्।

त्यसैगरी विद्यालयस्तरीय नेतृत्वतर्फ स्कुल क्याप्टेनमा प्रज्ञान राई तथा उपक्याप्टेनमा आयुष श्रेष्ठ निर्वाचित भएका छन्।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित तथा नेतृत्वदायी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको स्कुलका निर्देशक गंगाराम राईले बताए। निर्वाचन कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने विजयी विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

photo-collage.png (1)