‘एसईई आइडल–२०८३’ को उपाधि सिमरन, बबी र एलोनलाई
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १० गते।
धराने मिडिया : धरानमा कोशी प्रदेशस्तरीय ‘एसईई आइडल–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङ, पब्लिक सेन्ट्रल इङलिस स्कुल लेटाङ मोरङकी बबी श्रेष्ठ र श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी मोरङका एलोन राईले उपाधि जितेका छन् ।
धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवनमा शुक्रबार सम्पन्न भव्य फाइनल प्रतिस्पर्धामा नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङले वक्तृत्वकलातर्फ, पब्लिक सेन्ट्रल इङ्लिस स्कुल लेटाङ मोरङकी बबी श्रेष्ठले गायनतर्फ तथा श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी मोरङका एलोन राईले नृत्यतर्फ उपाधि हात पारेकी हुन ।

विजेताहरूले जनही नगद एक लाख रुपैयाँ, कक्षा ११ र १२ का लागि शतप्रतिशत छात्रवृत्ति, निःशुल्क मुस्ताङ भ्रमण तथा बारिष्टा तालिम प्राप्त गर्ने भएका छन् ।
फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा सम्पन्न ‘एसईई आइडल’को छैटौं संस्करणमा कोशी प्रदेशभरिका विद्यार्थी प्रतिभाहरूबीच गायन, नृत्य र वक्तृत्वकला विधामा प्रतिस्पर्धा भएको थियो ।




















