लागुपदार्थविरुद्ध सचेतना अन्तर्गत : प्यानल डिस्कस सम्पन्न

समाचारदाता : मधुसुधन

२०८३ जेठ १० गते।

धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानको व्यवस्थापन र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा लागुपदार्थविरुद्ध सचेतना अन्तर्गत प्यानल डिस्कस कार्यक्रम होटल कञ्चन जङ्घामा सम्पन्न भएको छ । स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि धरानका कार्यवाहक नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक अइन्द्र विक्रम वेघा थिए ।

कार्यक्रममा कोशी प्रदेश स्काउट कार्यालयका प्रमुख आयुक्त हेमन्त भण्डारी,प्रदेश स्काउटका शैक्षिक पद्धति आयुक्त शुुशिल राई,किरातेश्वर माविका प्रअ योगेन्द्र पालुङवा, शारदा मावि विव्यस अध्यक्ष दिभा श्रेष्ठ,रोटरी क्लब,लियो क्लब,जेसिस,नगर बालसञ्जाल,अभिभावक,शिक्षक प्रतिनिधिलगायत स्काउटका पदाधिकारी,रोभर,रेन्जर लगायतको उपस्थिति रहेको कार्यक्रममा धरानका सरोकार वालाहरु प्यानलिस्ट रहेका थिए ।

WhatsApp Image 2026-05-24 at 7.59.34 AM (1)

प्यानलिस्टमा धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक धनरत्न शाक्य,धरान उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख अनन्त राई र इलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक देवी बहादुर कार्की रहेका थिए । उनीहरुले लागुपदार्थ प्रयोग कर्ताको स्वभाव,त्यसमा पर्नुको कारण , उपचार र पुनस्थापनाका विषयमा आफ्ना धारणा राखेका थिए ।

स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाहरुको सामूहिक प्रयास भएमा लागुपदार्थमुक्त धरान बन्ने धारणा आएको थियो ।सामाजिक विकास प्रमुखले स्थानीय सरकार लागुपदार्थ विरुद्ध नीतिनिर्माण र समुदायमा पुगिरहेको भए पनि लक्षित उद्देश्य हासिल गर्न कठिनाइ भएको तर सबैसँग मिलेर काम गरे सफल भइने र नीति निर्माणमा केन्द्रित रहेको बताए ।

त्यसै गरी मनोचिकित्सक प्रा. डा धनरत्न शाक्यले मानिस किन लागुपदार्थ प्रयोग गर्छ? भनेर समग्रताको खोजी हुनुपर्ने बताएका थिए  । एक मनोचिकित्सकका रूपमा यस्ता कयौँ घटना र कारणहरु थाहा भए पनि यसको नियन्त्रणका लागि सामूहिक प्रयासबाहेक अन्य विकल्प नभएको उल्लेख गरे ।

WhatsApp Image 2026-05-24 at 7.59.35 AM

प्रहरी वरिष्ठ नायव निरीक्षक कार्कीले नेपालमा लागुपदार्थविरुद्धको कानुनी व्यवस्था र नेपाल प्रहरीले अहिलेसम्म गरेको कामकारवाही बारे जानकारी दिएका थिए । प्रश्नोत्तर रुपमा सञ्चालित कार्यक्रममा श्रोताको जिज्ञासा सामूहिक रुपमा निदान गरिएको थियो । प्रमुख अतिथिले स्काउटले लागुपदार्थ विरुद्ध विज्ञ राखेर गरेको कार्यक्रमले धरानलाई लागुपदार्थ मुक्त धरान बनाउन सहयोग पुग्ने बताए । स्काउट समाजका हरेक समस्या समाधान गर्न क्रियाशील भइरहेकाले यसको सान्दर्भिकता बढेको उल्लेख गरे । कार्यक्रमको सहजीकरण स्थानीय स्काउट कार्यालय धरानका कार्यालय सचिव सन्तोष कोइरालाले गरेका थिए भने कार्यक्रम सञ्चालन धरान क्रियुको असिस्टेन्ट टिम मेट निरुपा वानेमले गरेकी थिइन् ।