मिस्टर एण्ड मिस प्रदेश २०२६ को उपाधि अनिश तामाङ र स्वर्णिम मगरको शिरमा

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ १५ गते।

धराने मिडिया : धरान–१५ स्थित सदन माध्यमिक विद्यालय को सभाहलमा सम्पन्न “मिस्टर एण्ड मिस प्रदेश २०२६” प्रतियोगितामा अनिश तामाङ र स्वर्णिम मगरले उपाधि जित्न सफल भएका छन् ।

ड्रिम्स एण्ड प्रोडक्सन प्रा.लि को आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेशका विभिन्न स्थानबाट सहभागी युवायुवतीहरूले आफ्नो प्रतिभा, व्यक्तित्व, आत्मविश्वास तथा प्रस्तुति कला प्रदर्शन गरेका थिए । कार्यक्रममा आकर्षक फेसन प्रस्तुति, सांस्कृतिक झाँकी तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएको थियो ।

प्रतियोगिताको मिस्टरतर्फ अनिश तामाङ प्रथम घोषित हुँदा कुशल राई दोस्रो स्थान हासिल गर्न सफल भए । त्यस्तै मिसतर्फ स्वर्णिम मगरले उपाधि जितिन् भने सुहाना खान दोस्रो, कामना तामाङ तेस्रो, सकिना राई चौथो तथा मुस्कान तामाङ पाँचौँ स्थानमा चयन भए ।

Mister and miss province 2026 winner (2)

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका वडा अध्यक्ष रमेश राई ले यस्ता प्रतियोगिताले युवाहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले फेसन र व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमले युवापुस्तालाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने उल्लेख गरे ।

प्रतियोगिताको प्रमुख निर्णायकमा पृथ्वीया थापा रहेकी थिइन् । साथै निर्णायकको भूमिकामा आदेश प्रधान तथा फेसन डिजाइनर विभेश राई रहेका थिए । निर्णायकहरूले सहभागीहरूको आत्मविश्वास, प्रस्तुति कला, व्यक्तित्व विकास तथा स्टेज प्रस्तुतिका आधारमा नतिजा सार्वजनिक गरेका थिए ।

कार्यक्रमको सञ्चालन मेरिना तुम्सा लिम्बु ले गरेकी थिइन् । कार्यक्रमभर दर्शकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । आयोजक संस्थाले आगामी दिनमा यस्ता रचनात्मक तथा प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Mister and miss province 2026 winner (3)

प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गत समेत सहभागीहरू पुरस्कृत भएका छन् । मिस तर्फ बेस्ट वाक अवार्ड सुहाना खानले प्राप्त गरिन् भने मोस्ट डिसिप्लिन अवार्ड सुजाता तामाङले हात पारिन् । त्यस्तै मिस ट्यालेन्टको उपाधि स्वर्णिम थापा मगरले जितिन् । मोस्ट हार्डवर्किङ अवार्ड मुस्कान तामाङलाई प्रदान गरिएको थियो ।

मिस फोटोजेनिक अवार्ड इटुसा केदेम लिम्बुले प्राप्त गर्दा मोस्ट ओबिडियन्ट अवार्ड सकिना राईले जितिन् । त्यसैगरी बेस्ट पर्सनालिटी अवार्ड कामना तामाङले प्राप्त गरिन् भने मिस इन्टेलेक्चुअल अवार्ड मिराक्मा लिम्बुलाई प्रदान गरिएको थियो ।

यसैबीच मल्टिमिडिया च्वाइस अवार्ड पनि कामना तामाङले जितिन् भने पब्लिक च्वाइस अवार्ड इटुसा केदेम लिम्बुले हात पारिन् ।

Mister and miss province 2026 winnerमिस्टरतर्फ पनि विभिन्न विशेष विधामा प्रतियोगीहरू सम्मानित भएका छन् । मिस्टर ट्यालेन्ट अवार्ड अनिश तामाङले जितेका छन् भने पब्लिक च्वाइस अवार्ड कुशल राईले हात पारे ।

त्यस्तै मल्टिमिडिया च्वाइस अवार्डसमेत अनिश तामाङले प्राप्त गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको कोरियोग्राफी स्वेता भुजेल ले गरेकी थिइन् । उनले प्रतियोगीहरूलाई स्टेज प्रस्तुति, र्याम्प वाक तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेकी आयोजकले जनाएको छ ।