धराने मिडिया: मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । तर यसको धेरै प्रयोगले मानव स्वास्थ्यका लागि हानिकारक भएको देखाएको छ ।
यसको असरबाट जोगिने बारेमा हामी यहाँहरुलाई केही जानकारी दिनेछौँ ।
- राती सुत्दा मोबाइललाई करिव २ मीटर पर राख्ने ।
- धातुका कोठाहरुमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्ने ।
- मोबाइल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्ने र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्ने ।
- गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्ने ।
- बालबलिकालाई मोबाइलफोन चलाउन नदिने ।
- मोबइललाई मुटु नजिक नराख्ने किनभने यसले मुटुको धड्कनलाई प्रभाव पर्दछ ।