धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल भित्र सञ्चालित फार्मेसी पसलहरू सातौँ दिनमा आज शुक्रवार बेलुकी देखी खुलेको छ । विगत ६ दिनदेखि फार्मेसीमा कार्यरत कर्मचारीहरु अवज्ञा आन्दोलनमा रहेका थिए ।


फार्मेसी सहायकहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न ४ बुँदे माग राखेर काममा फर्किने घोषणा गरेका हुन् । आन्दोलनका कारण सेवाग्राही, बिरामीहरूले  दुःख भोग्न नपरोस् र सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्दै ४ बुँदे माग अघि सार्दै  फार्मेसी खुला गर्ने सहमति भएको नेपाल फार्मेसी प्रदेश सदस्य सङ्गीता चौधरीले बताइन ।


यसैगरि, अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ को दफा १० मा अस्पतालले फार्मेसी  सञ्चालनको लागि स्थायी जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएकोले सोही अनुसार प्रतिष्ठानकै स्थायी जनशक्तिकोरुपमा नियुक्ती गराउन पनि उनीहरुको भाग छ ।