धरान : एक जोडीले आफ्नो बिहेमा स्मार्ट औँठी साटासाट गरेका छन् । यी औँठी ब्लुटुथबाट स्मार्टफोनमा भएको एउटा एपमा जोडिएको छ । जुन एपमार्फत् ती दुई औँठीलाई एक अर्कासँग जोड्न सकिन्छ ।

दुबैका मोबाइल फोन इन्टरनेटमा जोडिएका बेलामा रियल टाइममा मुटुको धड्कन पाउन सकिन्छ । अफलाइन हुँदा चाहीँ पछिल्लोपटक अनलाइन हुँदा रेकर्ड भएको धड्कन देखा पर्दछ ।

बिहेको व्यवस्थापनमा पछिल्लो समय प्रविधिको प्रयोग बढिरहेको छ । फोटोग्राफीका लागि ड्रोनको प्रयोगदेखि बजेट व्यवस्थापन र सिटको बन्दोवस्त जस्ता बिहे समारोहको व्यवस्थापनका लागि डिजिटल टूलको प्रयोगलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

वैवाहिक प्रविधि सबै कुरालाई सहज तथा धेरै भन्दा धेरै रोचक बनाउनका लागि प्रयोग गर्न सकिन्छ । तर यसरी प्रविधि प्रयोग गरिरहँदा वास्तविक बिहेको रोमान्स र आकर्षण जसले परिवार र साथीसँगीलाई नजिक बनाएको हुन्छ, त्यसलाई मर्न नदिनेतर्फ पनि सचेत हुनुपर्दछ ।

स्मार्ट औँठी पहिरिन मिल्ने त्यस्तो विद्युतीय डिभाइस हो जसले स्मार्ट घडीले जस्तै काम गर्दछ । त्यसले प्रयोगकर्तालाई आफ्नो मुटुको धड्कन मनिटर गर्ने मात्र होइन यसबाट विद्युतीय भुक्तानी पनि गर्न सकिन्छ ।