धरानमा मनाइयो २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस

धरान : धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस भव्य रुपमा मनाइएको छ ।

प्रत्येक वर्ष विश्व भर मे १२ तारिखको दिन मनाउने यो दिवस धरानमा पनि मनाइएको छ ।

204th international nurses day3

सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।

"हाम्रो नर्सहरु हाम्रो भविष्य, हेरचाहको आर्थिक शक्ति" भन्ने नाराका साथ विपी प्रतिष्ठानमा आयोजित समारोह अघि रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रमबाट ६३ प्रिन्ट रगत सङ्कलन भएको छ ।

कार्यक्रम प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थको उपस्थितिमा भएको थियो । उनले पानसमा बत्ती बालेर कार्यक्रमको सुरुवात गरेकी थिइन्।

त्यस्तै गरि कार्यक्रममा अतिथिको रुपमा रहेका वरिष्ठ डाक्टर सञ्जीव शर्माले नर्सहरु महत्त्व र नेपालमा नर्सिङ पेशालाई शोषण भएको बताए । उनले भने " नर्सहरुलाई निजि हस्पिटल तपाईको तलब कति हुन्छ सोध्यो भने एक्दम कम भन्छन् - त्यो शोषण त होनि ।"

204th international nurses day2

त्यस्तै कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्ष भन्दा बढी सेवा गरेका १२३ जना नर्सहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि कोशी प्रदेशसभाकी सदस्य यशोदा कायस्थ लगायतले प्रंशसापत्र प्रदान गरेकी थिइन ।

कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राडा. सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल नायब निर्देशकद्वय डा. लोकेश जसवाल, डा. इन्द्र लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व नर्सिङ अध्यक्ष बीपी प्रतिष्ठानकी मेट्रोन कला थापाले गरेकी थिइन् ।

204th international nurses day