धरानका शिखर युवा समाजद्वारा रक्तदान

धरान : धरान उपमहानगरपालिका -१ मा शिखर युवा समाजद्वारा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

शनिबार १ नम्बर वडाको शिखर चौकस्थित शिखर युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मुलनाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको सस्थाका अध्यक्ष युनेश राना मगरले जानकारी दिए । 

धरानमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतीष्ठान जस्तो प्रतिष्ठीत अस्पताल  रहेको बताउदै त्यहा उपचार गर्न आएका विरामीहरुलाई रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष राना मगरले बताए  । 

1a03081c-9f55-4aff-952c-ba2dcb128e74

साथै, रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण हुने भएकोले शिखर युवा समाजले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आईरहेको अध्यक्ष राना मगरले जानकारी दिए । 

उक्त कार्यक्रममा रेडक्रसका सभापति उमेश थापा, निवर्तमान नगर प्रमुख तिलक राई, सस्थाका सल्लाहकार श्याम पोख्रेल, १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले,  वडा सदस्य रिता शुन्दास लगायतको उपस्थिति रहेको थियो ।

1c567162-9782-49cd-8998-b04a17c789eb