धरानमा राती सम्म विद्युत सेवा अवरुद्ध रहने

धराने मिडिया : धरान १९ हरियाली स्थित सबस्टेशन अगाडी रहेको रुख ढलि ३३ के.भि. लाईनको समरचना क्षति भएको छ ।

रुख ढलेका कारण धरान बितरण केन्द्र अन्तर्गत सम्पुर्ण क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख प्रदिप कुमार शर्माका भन्छन् मर्मतको काम भइरहेको छ  विद्युत सुचारु हुन १० घण्टासम्म लाग्न सक्छ ।

IMG_20240522_175814

धरानको हरियाली सामुदायिक वनको उत्तर तर्फ पर्ने सो सबस्टेशनमा अहिले मर्मतको काम भइरहेको छ ।

बर्षाद को बाबजुद मर्मतको टिम मर्मत कार्यको निमित्त खटिसकेको जानकारी प्राप्त भएको छ ।

सबस्टेशनमा नै कार्यरत कर्मचारीलाई, "अझै कति समय लाग्छ" एक स्थानीय सोधे, उनले जवाफ दिदै भने "अझै ६-७ घण्टा सम्म लाग्छ "

IMG_20240522_175949

अन्त्यमा उनले भने हामी सकेसम्म छिटो काम सक्ने प्रयास गर्छौ, रातको १०-११ बजेसम्म विद्युत सुचारु हुन्छ भन्ने आश छ ।

मदन भण्डारी राजमार्गमा उक्त मर्मतको काम भइरहेको छ भने उक्त क्षेत्रमा यातायातमा अवरोध पुरेको छ ।

IMG_20240522_175929