होप धरानको संयोजनमा निःशुल्क आँखा शिविर

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : धरान ११ पृथ्वी चोकस्थित दर्शन मण्डली परिवारको आयोजनामा निःशुल्क आँखा शिविर समापन भएको छ ।

शिविरको संयोजन होप धरानले गरेको थियो भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पतालले गरेको थियो ।

8f7d07ca-12f3-427f-9856-2c2547991e5e

होप धरानका संयोजक निश्चल पलिखेले शिविरमा आँखाको चेकजाँच मात्र नभएर मोतिविन्दु लागेका विरामीलाई विराटनगरको रानीमा रहेको विराटनगर आँखा अस्पतालमा लगेर निःशुल्क अप्रेशन गर्ने पनि बताए ।

उक्त शिविरको एक समारोहबीच वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोले गरेका थिए ।

eb4923c2-3690-40d5-b41a-21a528fe0804

b6d50ee1-a7cc-46d3-aa1a-d3875838e05f

सोहि आँखा शिविरको उद्घाटन समारोहमा पाँच जना मिडियाकर्मीलाई होप धरानले नगदसहित सम्मान गरेको थियो ।

सम्मानित हुनेमा दिव्यरोशनी साप्ताहिक पत्रिकाकी सम्पादक,प्रकाशक मनिता चाम्लिङ, क्लिकधरानडटकमका सम्पादक आर.के.राई, छाल खबरका भोला श्रेष्ठ, चिसेफायु मिडियाका निमा पोङ्सुवा र मेरो आवाज मिडियाका दिपेश यम्फु छन् ।

d0e10fcd-2635-4c7c-a1d8-29e7e4a88fe2

c1b9ca14-c851-4d47-af8d-da08c7d9303f1b2b24ff-02d1-4e94-8c7c-723ef737c986