धरानमा नेपाल तामाङ युवा घेदुङ्द्वारा तिन दिने पत्रकारिता तालिम

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : धरानमा नेपाल तामाङ युवा घेदुङद्वारा आयोजित तिन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ। यस तालिममा विषेश गरि पत्रकारितामा मोबाइल प्रविधिको प्रयोग तथा लेखन बारे फोकस गरिएको छ।

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख आइद्र विक्रम वेघाले बत्ति बालेर उद्घाटन कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा उनले धरानमा अरु ठाउँ भन्दा धेरै जातजातिको बसोबास भएको र यस तालिमले तामाङ मात्र नभई अन्य जातजातिलाई पनि फाईदा हुने बताए।

6f8b22f0-b45c-4eb8-a1df-9f3b05fc1a58

3fbbae0d-8dc2-45fb-9703-f15dc70670bcत्यस्तै गरि कार्यक्रमका अध्यक्ष तथा नेपाल तामाङ घेदुङ कोशी प्रदेशका अध्यक्ष सनम तामाङले स्वागत मनतव्य राख्दै यस तालिममा सहभागीहरुलाई शुभकामना पनि व्यक्त गरेका थिए।

२०८१ असार ०६ गते देखि असार ०८ गते सम्म हुने यस तालिममा १५ जना भन्दा बढि सहभागी रहेका छन।

6aceb2f0-8af2-4947-9fdb-cc2fc2f9ff08

नेपाल तामाङ घेदुङ धरान उपमहानगरपालिकाको कार्य भवनमा सुरु भएको उक्त तालिम कार्यक्रममा विशिष्ट अतिथि नेपाल तामाङ घेदुङका संघीय सल्लाकार सुजेन्द्र गोले, प्रदेश सदस्य लोकबहादुर थिङ, अतिथि नेपाल पत्रकार महासंघका सुनसरीका अध्यक्ष जनकॠषि राई, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, नेपाल तामाङ घेदुङ जिल्ला सचिव मंगलसिंङ तामाङको उपस्थिति रहेको थियो। 

bc14a396-00be-466e-b07d-74186938a967