नेप्सेमा हालसम्मकै उच्च कारोबार

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । सेयर बजारमा आज एकै दिन २१ अर्ब ९१ करोडको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । 

यस दिन नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ।

यसअघि २०७८ साउन २४ गते २० अर्ब ४९ करोडको कारोबार भएको थियो ।