उदयपुरका (कटारी, बेल्टार) र सुनसरीका झुम्कामा मौसमी सिविर सम्पन्न

समाचारदाता : सि.बि राई

धराने मिडिया : भारतीय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानले पुर्वाञ्चलका विभिन्न विकट जिल्लाहरुमा सम्पुणर् भारतीय भू पू सैनिकहरुको सुविधालाई मध्ये नजर गर्दै हरेक वर्ष मौसमी सिविरहरु संञ्चालन गर्दै आईरहेको छ । प्रदेश नम्बर १ को २१ स्थानमा क्याम्प संञ्चालन भई रहेको छ । 

पहाडी जिल्ला जस्तै ताप्लेजुङ्ग, पाँचथर, ईलाम, संखुवासभा, भोजपुर, दिक्तेल, ओखलढुंगा, सोलुखुम्बु साथै तराईमा झापाका तीन स्थानहरु मोरङ्गका तीन स्थान, उदयपुरका दुई स्थान र सुनसरीका दुइ स्थानहरुमा सिविरहरु संञ्चालनमा छन ।

2f043bbd-24e4-47e0-a8dd-542e19a2e009

यसै अनुरुप उदयपुरका दुई स्थानहरु जस्तै कटारीको भू पू सैनिक भवनमा २०८१ श्रावन १३ गते, बेल्टारको भू पू सैनिक भवनमा २०८१ श्रावन १४ गते र सुनसरी जिल्लाको झुम्कामा कल्पवृक्ष पार्टी प्यालेस परिसरमा २०८१ श्रावन १५ गते सम्पन्न भएको थियो । 

पी पी ओ धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया साथै वहाका सम्पुणर् टिमलाई कटारी, बेल्टार साथै झुम्काका भू पू समितिद्वारा भव्य स्वागत गरिएका थिए । 

स्वागतको सम्मान गर्नुहुदै प्रभारी अधिकारी ज्युले सम्पुणर् भारतीय भू पू सैनिक तथा तिनका आश्रितहरुलाई धन्यवाद दिनुहुदै वहाहरुको सेवा सुविदा प्रति भारतीय राजदुतावास, पी पी ओ धरान सदैव तत्पर रहने बताउनु भयो । वहाले स्वागत मन्तव्य राख्ने व्रmममा भू पू हरुको सुस्वास्थ्यको कामना गर्दै वहाहरुको गुनासो, समस्या र त्यसको समाधानको लागि हर प्रयास गरी समाधान गर्ने बताउनु भयो ।

c8906580-01a5-40ee-bfc4-ea4f06b1097d

प्रभारी अधिकारी ज्युले मन्तव्य राख्ने व्रmममा पुर्वाञ्चलका सम्पुणर् भू पू तथा तिनका आश्रितहरु, असक्त, वृद्ध (वृद्धा भू पू हरुको असहजतालाई सहज तुल्याउन साथै भू पू हरुको दुख कष्टको समाधान गर्नु पनि पी पी ओ धरानको मुख्य उदेश्य हो । 

उक्त सिविरमा जिवित प्रमाणिकरण, मरुवा केशको सहजीकरण र समाधान, रहल(पहल, नया पेन्शन, पारिवारिक पेन्शन सुचारु, विभिन्न दस्तावेजको कार्यहरु, भू पू हरुको काल्याणकारी उपलब्धीका योजनाहरु, फयुनरल ग्राण्ट, म्यारिज ग्राण्ट, मेडल वितरण, पर्चमेण्ट सर्टिफिकेट वितरण ई सि एच एसको सदस्यता र सो को कार्ड वितरण, भाग(२ आदेश आदि कार्यहरु गरिने बताउनु भयो ।

उक्त सिविरमा सो जिल्लाका साथै छिमेकी जिल्लाहरु दिक्तेल (खोटाङ्ग), ओखलढुंगा, सिराहा ,सरलाही, सप्तारी, रामेछाप, सिंन्धुलीका भारतीय भू पू सैनिकहरु तथा तिनका आश्रितहरुले प्रत्यक्ष लाभ लिएका थिए । 

9ed87ad2-85b9-4573-9119-390700b8a6375edda075-acab-431c-9fad-f109b22fab94

अस्थाई सिविर संचालन भएकोमा विभिन्न जिल्लाका भू पू हरु, तिनका आश्रितहरु साथै समितिका अध्यक्ष्यहरु अत्यन्तै हर्षीत थिए । सम्पुणर् भारतीय भू पू सैनिक तथा तिनका आश्रितहरुबाट आगामी दिनहरुमा पनि यसरी नै सिविर संचालन रहोस भन्ने सबैको एक मत थियो । 

प्रभारी अधिकारी ज्युबाट वहाहरुको हौषलाको सदैव कदर रहने भन्नु हुदै सम्पुणर् भू पू हरु तथा तिनका आश्रितहरुलाई धन्यवाद दिनु भयो ।

पेन्शन वितरण कार्यालयको स्थापना ईश्वी सम्बत १९५८ सालमा धनकुटामा पुर्वी नेपालमा बसोबास गर्ने भारत सरकारका पेन्शनहरुको आकांक्षा र आवश्यकतालाई पुर्ती गर्न मौसमी पेन्शन भुक्तानीको रुपमा सुरु गरिएको थियो । 

सन १९६८ मा स्थायी पेन्शन वितरण कार्यालयको रुपमा धनकुटाबाट धरान सारिएको थियो । सन १९९७ देखि यस कार्यालयमा सुविधा सम्पन्न उपकरणसहित नया भवनमा अवस्थीत छ ।

4469aefc-5896-489b-9393-287b1fe4519c