हट्याे टिकटक माथिकाे प्रतिवन्ध

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०७ गते ।

धराने मिडिया : सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।

गत वर्षकाे कात्तिक २७ गते सरकारले टिकटक बन्द गरेको थियाे । टिकटकका माध्यमबाट सामाजिक सदभाव खल्बलिने गतिविधि भएको भन्दै नेपाल सरकारकाे मन्त्रीपरिषदले टिकटक बन्द गर्ने निर्णय गरेकाे थियाे ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हाे ।