दशैँमा दहिको फाइदा बारे

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज २५ गते।

धराने मिडिया : दहीलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा क्याल्सियम, भिटामिन बी–२, भिटामिन बी १२, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ ।

दैनिक एक कप दही सेवन गर्नु स्वास्थ्यका साथै छालाको लागि पनि निकै फाइदाजनक मानिन्छ । यी सबै फाइदाका अलावा दही खानुका केही साइड इफेक्ट पनि छन् ।

दही खाने उपयुक्त समय विहान हो । हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरु बिहान दही सेवन गर्दा ठीक हुन्छ । नास्तामा एक कचौरा दहीमा सख्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ ।

इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ । एक अध्ययनले दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने बताएको छ ।

त्यस्तै गरि यसमा यस्ता रसायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि । अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ ।

दहीलाई हिन्दू धर्म अनुसार, सगुन अर्थात शुभ संकेतका रुपमा पनि लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ ।