मधुमेह रोगीका लागि मुला फाइदाजनक
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक ०८ गते ।
धराने मिडिया : मुलाको नियमित सेवनले इन्सुलिनको मात्रालाई नियन्त्रण गर्छ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेह रोगीका लागि समेत यो फाइदाजनक हुन्छ ।
मुलामा भिटामिन ए, बी र सी पर्याप्त मात्रामा पाइन्छ । यसले आँखाको ज्योति बढाउन सहयोग गर्छ । मूलाको नियमित सेवनले क्यान्सरको पनि जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
त्यस्तै यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले सरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ ।
मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।