आज विश्व टेलिभिजन दिवस
समाचारदाता : गोपाल पौडेल
२०८१ मंसिर ०६ गते ।
धराने मिडिया : आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।
टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ ।
कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ ।
नेपालमा पहिलो टेलिभिजनको रुपमा विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढीरहेपनि यसको कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन ।
नेपालमा भने सन् १९७० को दशकमा टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । नेपालमा टेलिभिजनको प्रसारण हुन थालेको ३६ वर्ष भएको छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।