के–के छन् त ल्वाङका फाइदा ?

समाचारदाता : गोपाल पौडेल

२०८१ मङ्सिर ११ गते।

धराने मिडिया : आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ।

यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो। यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ ।

ल्वाङको उपयोग विश्वभरी नै प्रयोग गरिदैं आइरहेको छ । ल्वाङ भान्छामा खानुका साथै तेलको रुपमा पनि प्रयोग गर्दै आइरहेको छ । शरिरका विभिन्न हाड जोर्नीहरु देखि लिएर दाँत दुखेको ठाउँमा पनि औषधिको रुपमा प्रयोग गर्दै आइरहेको छ ।

ल्वाङको नियमित सेवनले पुरुषमा देखिने विभिन्न किसिमका यौन दुर्बलता र समस्याहरूलाई समाधान गरेर शारीरिक क्षमताको समेत विकास गर्छ ।

त्यस्तैगरि ल्वाँङबाट केशका लागी कन्डीशनर पनि बनाउन सकिन्छ । यदि तपाइँको केशमा छिटै लट्टा पर्ने जस्तो समस्या रहेको छ भने, यसबाट बनाइएको कन्डीशनर निकै असरकारक हुन्छ।

आयुर्वेदाचार्यका अनुसार ल्वाङको प्रयोग यी कामहरू पनि गर्न सकिन्छ :-

– पिसाब र पिसाब नलीमा कुनै किसिमको समस्या भएमा ल्वाङको सेवन गर्नु राम्रो मानिन्छ ।

– ल्वाङको नियमित सेवनले पेटमा रहेका हानिकारक किराहरूलाई मार्ने गर्छ ।

– ल्वाङको नियमित सेवनले पाचन तन्त्रलाई बलियो बनाउँछ ।

– शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्न ल्वाङको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।