नौलो पथ ब्याडमिन्टन क्लब धरानद्वारा एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना
समाचारदाता : गोपाल पौडेल
२०८१, मङ्सिर २२ गते।
धराने मिडिया : धरान-१५ स्थित नौलो पथमा रहेको नौलो पथ ब्याडमिन्टन क्लबद्वारा एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। धरान सिटि हस्पिटलसंगको प्रविधिक सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो।
मङ्सिर २२ गते धरान-१५ स्थित नौलो पथ ब्याडमिन्टन क्लबको प्राङ्गणमा विहान १० बजे सुरु भएको स्वास्थ्य शिविरमा फिजिकल मेडिसिन ( मुटु, थाइरोइड ), मधुमेह, दम, रक्तचाप, बाल रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ रहेका थिए।
बेलुका ५ बजे सम्म निरन्तर चलेको उक्त शिविरमा २३६ जनाले आफ्नो नाम दर्ता गरि जाच गराएका थिए।
कार्यक्रममा क्लबका उपाध्यक्ष जसबहादुर ताम्ली लिम्बुले सुरुवातमा स्वागत मन्तव्य राखेका थिए भने विशाल टोल विकास संस्थाबाट दल बहादुर तामाङले शुभकामना मन्तव्य दिएका थिए।
त्यस्तैगरी कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले स्वास्थ्य शिविरको महत्त्व बारे प्रकाश पारेका थिए। उनले सामान्य उपचारको लागि पनि धरानमा रहेको वि.पि स्वास्थ्य विज्ञान प्रतिष्ठान जानू पर्ने हुदा यस्ता शिविर र स्वास्थ्य चौकीले सहजीकरण हुने बताएका थिए।
कार्यक्रममा नौलो ब्याडमिन्टन क्लबका अध्यक्ष दिपेन्द्र प्रसाद पराजुली, धरान उपमहानगरपालिका वडा न. १५ अध्यक्ष नरेश इवारम, सदस्य रंगलाल गिरि, पुर्व सदस्य ज्ञानेन्द्र बस्नेत र नौलो पथ टोल विकास संस्थाका उपाध्यक्ष निम्बुटी शेर्पाको उपस्थिति रहेको थियो।