११ औं विश्व योग दिवस पेन्शन वितरण कार्यालय धरानको प्राङ्गनमा आयोजना
समाचारदाता : गोपाल पौडेल


२०८२, असार ०७ गते।
धराने मिडिया : नियमित योग गरौं स्वस्थ्य रहौं साथै दैनिक योग ध्यान गर्नाले तन र मन स्वस्थ्य रहन्छ भन्ने अभिप्रायलाई आत्म साथ गर्दै दिनाँक २१ जुन २०२५ का दिन ११ औं विश्व योग दिवस पेन्शन वितरण कार्यालय धरानको प्राङ्गनमा आयोजना गरिएको थियो ।
उक्त कार्यव्रmममा आमन्त्रित योग गुरु श्री वृदीचन्द अग्रवाल जो आर्ट अफ लिविङ्गका एक सव्रिmय अनुयायी पनि हुनुहुन्छ वहालाई भारतीय राजदूतावास पेन्शन वितरण कार्यालय, धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया ज्युले खदा लगाई स्वागत गर्नुभयो ।

कार्यव्रmममा योग गुरु श्री वृदीचन्द अग्रवालज्युले हामीले नियमित योग गर्नाले मन दिमाग साथै आफनो आत्मलाई शान्ति एवम स्वस्थ्य मात्र नभई मानव जिवनको आयु पनि वृद्धि हुने विषयमा प्रकास पार्नु भयो साथै आजैबाट दैनिक कम्तीमा २० मिनट आफनो योग अभ्यासको लागि समय खर्चिएमा सो व्यायमले तन मन स्फुर्ती साथै स्वस्थ्य रहने पनि जनाउनु भयो ।
आजको ११ औं विश्व योग दिवस पेन्शन वितरण कार्यालय धरानको प्राङ्गनमा आयोजना गरिएका कार्यव्रmममा प्रभारी अधिकारी मेजर भरत कनोजिया ज्यु, धर्म पत्नी श्रीमति पुनम कनोजिया, डक्टर शामी सुवर्ण साथै वहाका धर्मपत्नीका साथ साथै पी पी ओ धरानका सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।
११ औं विश्व योग दिवस कार्यव्रmमको समापनपछि कार्यालय प्रमुख मेजर भरत कनोजिया ज्युले योग गुरु श्री वृदीचन्द अग्रवाललाई मायाको चिनोसाथै कदर पत्र प्रदान गर्नुभई धन्यवाद दिनु भयो ।
उक्त कार्याव्रmम पश्च्यात कार्यालय प्रमुखको अगुवाईमा सम्पुर्ण कार्मचारीहरु पी पी ओको परिसरमा रहेको बगैचामा विभिन्न उन्नत जातका ४०६ वृक्षारोपण गरि यस विश्व योग दिवस अझ भव्य र सफलताका साथ सम्पन्न भयो ।
कार्यव्रmमको अन्तमा कार्यालय प्रमुख मेजर भरत कनोजिया ज्युले सम्पुर्ण कर्मचारीहरु लाई धन्यवाद दिनुभयो ।