एप्पल कम्पनीको नयाँ सीओओ भारतीय मूलका सबिह खान
समाचारदाता : गोपाल पौडेल

२०८२ असार २६ गते ।
धराने मिडिया : एप्पल कम्पनीको नयाँ प्रमुख सञ्चालन अधिकृत(सीओओ) भारतीय मूलका सबिह खान नियुक्त भएका छन। उनि सन् १९६६ मा भारत उत्तर प्रदेशको मुरादाबादमा जन्मेका हुन।
उनी पाँचौं कक्षामा हुँदा उनको परिवार सिंगापुर सर्यो र त्यहीँबाट उनले आफ्नो पढाइ गरेका थिए।
पछि साबिहले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट अर्थशास्त्र र मेकानिकल इन्जिनियरिङमा स्नातक डिग्री र रेन्सेलेर पोलिटेक्निक इन्स्टिच्युट (आरपीआई) बाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर डिग्री हासिल गरेका थिए।
उनले १९९५ मा एप्पलमा आफ्नो करियर सुरु गरेका थिए। सबिह विगत ३० वर्षमा एप्पलमा आबध्द छन्।
उनले यस महिनाको अन्त्यमा जेफ विलियम्सको स्थान लिनेछन्। जेफले २०१५ देखि यो पद सम्हाल्दै आएका छन्।