सुकुम्बासी झुपडीमा बीपीका निमित्त भिसी

समाचारदाता : विकास चाम्लिङ

२०८२ साउन ०५ गते ।

धराने मिडिया : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा सञ्जीव शर्माले कलेजो रोगबाट ग्रसित रोशन राईलाई धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्ती स्थित निवासमै पुगेर चेकजाँच गर्नुभएको छ । 

आर्थिक अभावमा अस्पताल लैजान नसकेर घरमै जीवनमरणका दोसाँधमा रहेका राईको अवस्था बारे बुझ्न मुटु तथा मृगौला रोग विशेषज्ञ समेत रहनुभएको डा.शर्मा झुपडीमै पुग्नु भएको हो ।

रोशन राईको उपचारकार लागि सहयोग जुटाईरहनु भएका मजदुर नेता भीमज्वाला राईले सबै यथार्थ जानकारी गराएर एकपटक जाँच गरिदिन अनुरोध गर्नुभएपछि डा. शर्मा बस्तीमै पुगेर जाँच गरिदिनु भएको हो ।

WhatsApp Image 2025-07-21 at 17.56.11 (2)

बिरामीको सम्पूर्ण रिपोर्ट हेरिसकेपछि एउटा औषधि सिफारिस गर्नुहुँदै चारदिनपछि अस्पतालमै भर्ना गरेर पेटको पानी झिक्नु पर्ने जानकारी गराउँनुभयो । वहाँले भन्नुभयो त्यसका लागि अस्पतालको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

जनताको डाक्टरको उपमा पाउनु भएका डा. शर्माले यसअघि कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा करिव ५० हजार बढी नागरिकको निशुल्क मृगौला परिक्षण गरिसक्नु भएको छ ।

केएचडिसि कार्यक्रम मार्फत गरिएको उक्त अभियानमा डा. शर्मा विभिन्न जिल्लाका दूरदराजका बस्तीहरुमा पुगिसक्नु भएको छ । 

WhatsApp Image 2025-07-21 at 17.56.11

सुकुम्बासी बस्तीमा पुग्नु भएका डा. शर्मालाई टोलमा धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले स्वागत गर्नुभएको थियो ।

आधारभूत बस्तीमा यतिको विशेषज्ञ र उच्च ओहदाको डाक्टर पहिलो पटक पुगेको वडा अध्यक्ष राईले बताउनु भयो । 

हामी जनताको सेवामा समर्पित डाक्डरहरुले अवस्था अनुसार काम गर्न सक्नुपर्ने बताउनुहुँदै आफु सँधै जनतासंगै रमाउने गरेको डा. शर्माले बताउनुभयो । बिरामीले हिजो मात्रै रगत वान्ता गरेको र तत्काल अस्पताल लैजान सक्ने अवस्था बिरामीको नभएकाले डा. सञ्जीव शर्मालाई जानकारी गराउँदै समय मिलेमा घरमै आइदिन आग्रह गरेको थिएँ वहाँले सहजै आउँछु भन्नुभयो र आइपनि दिनुभयो भीमज्वाला राईले बताउनु भयो ।

WhatsApp Image 2025-07-21 at 17.56.11 (3)

डाक्टरसावको उपस्थितिले परिवार मात्रै होइन टोलनै खुशी भएको राईले बताउनुभयो । 

दाउरा बेचेर श्रीमति र एक छोरी सहितको परिवारको गुजारा चलाइरहेका ४० वर्षिय रोशन राई बैशाखदेखि जण्डिस् र मृगौलामा पथरिया भएपछि थलोपरोका छन् । 

उनको कलेजो फेर्न करिव १५ लाख खर्च हुने चिकित्सकहरुले यसअघिनै जानकारी गराइसकेकाछन् । घर चलाउनै गाहे भइरहेको अवस्थामा त्यत्रो पैसा कसरी जुटाउनुहोला उनकी श्रीमति शान्ति तामाङले बताउनुभयो । 

WhatsApp Image 2025-07-21 at 17.56.11 (2)

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पहल गरिरहेको कसैले पीडित परिवारलाई सहयोग गर्न चाहनेले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका भीमज्वाला राईले बताउनुभयो ।