कस्ता मानिसहरु ग्रीन टी सेवन गर्दा हुन्छ जोखिम ?
समाचारदाता : गोपाल पौडेल


२०८२ भदौ ०२ गते ।
धराने मिडिया : ग्रीन टीका फाइदाहरु त धेरै छन् । यद्यपि यसका केही बेफाइदाहरु पनि छन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।
पछिल्लो समय घर या कार्यालयमा ‘ग्रीन टि’ सेवनको प्रवृत्ति बढ्दै गइरहेको छ ।
ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ । तर यसलाई सही तरिकाले खाइरहनुभएको छैन भने यसले तपाईँलाई हानी समेत गरिरहेको हुन्छ ।
फाइदा र बेफाइदा बराबर भएपनि हामी ग्रीन टी का फाइदाको पछाडि मात्र लागिरहेका हुन्छौं । जबकि यसका वेफाइदाका बारेमा पनि जानकारी हाँसिल गर्नु अनिवार्य छ ।
- खानासँगै ग्रीन टी सेवनबाट शरीरमा आइरनको कमी हुन्छ। त्यसैले खाना खाएको केही समयपछि मात्र ग्रीन टी पिउनुपर्छ।
- ग्रीन टी पेट खाली भएको बेलामा ग्रीन टी पिउनै हुँदैन।
- औषधि सेवन गरिरहनुभएको छ भने ग्रीन टीमा पाइने क्याफिनले नसाको प्रणालीलाई असर पुर्याउँछ जस्का कारण गर्दा उच्च रक्तचापको समस्या हुनसक्छ।
- गर्भवती अथवा स्तनपान गराइरहेका महिलाले बढी ग्रीन टी सेवन गर्दा गर्भमा हुर्किरहेको शिशुलाई नकारात्मक प्रभाव पर्नसक्छ।