अनलाइन मिडिया एसोसिएसन दोस्रो वार्षिक साधारणसभा सम्पन्न 

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष २३ गते ।

धराने मिडिया : डिजिटल मिडिया सहितको सामुहिक संस्था अनलाइन मिडिया एसोसिएसन नेपालको दोस्रो साधारणसभा धरानको चिन्डे डाँडामा सम्पन्न भएको छ । 

एसोसिएसन स्थापनापछिको दोस्रो साधारणसभा भव्य रुपमा सम्पन्न भएको हो । सभा संस्थापक अध्यक्ष स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा भएको हो । पोर्टल न्युज र युटुब संचालन गर्ने संचारकर्मिहरुको साझा संस्थाको रुपमा अनलाइन मिडिया एसोसिएसन नेपाल स्थानीय सरकार धरान उपमहानगरपालिकामा आधिकारिक रुपमा दर्ता भएको हो । 

सभामा एसोसिएसनलाई लान्छना लाग्दै आएको एक व्यक्ति एक संस्थाको भिडियो समाचार मात्र प्रशारण गरेको आरोप लाग्दै आएको विषयमा कसरी सन्तुलित रुपमा प्रशारण गर्न सकिन्छ भन्ने बारे व्यापक रुपमा छलफल भएको थियो । सभाले आगामी दिनमा संस्थाका सदस्य दुर्घटना दुख बिमार हुँदा उपचार सहयोग गर्नको लागि भन्दै एउटा कोष स्थापना गर्ने समेत निर्णय भएको छ । त्यसैगरी भिडियो मात्र नभै संस्थागत रुपमा समाचार समेत प्रशारण गर्न यस अघि नै बनाईसकेको वेबसाईटलाई नविकरण गरि लिखित समाचार (text news) समेत तत्काल संचालनमा ल्याउने भएको छ । 

online media association 2nd anniversy

सभामा सल्लाहकार द्वय रोहित राई र भैरव आङ्लाले शुभकामना मन्तव्य दिएका थिए । दुबैजनाले अन्य संघसंस्थाको गतिविधिलाई समावेशी सन्तुलन रुपमा नै प्रशारण प्रकाशन गर्नसके संस्था अझ राम्रो हुने बताए । जसका लागि वेबसाईट बनाएर समाचार प्रशारण गर्न सकिने सुझाव दिए । त्यसैगरी भिडियोलाई टिभी रिपोर्टिङको आधारमा पनि प्रशारण गर्न सकिने बताए । संस्थाले जल्दाबल्दा विषयमा र चुनावी समय भएकोले उम्मेदवार बोलाएर साक्षात्कार कार्यक्रम गर्न सके अझ राम्रो हुने सुझाब दिए । 

सभामा कोषाध्यक्ष र सचिबले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । केही छलफल पश्चात् दुबै प्रतिवेदनलाई सामुहिक रुपमा पारित गरिए ।