नेपाली भाषामा सूचना, समाचार र मनोरञ्जन उपलब्ध गराउने “नेपा: एप” सार्वजनिक

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ १४ गते ।

धराने मिडिया : नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नयाँ डिजिटल प्लेटफर्म “नेपा: एप” सार्वजनिक गरिएको छ। यो एपलाई नेपाली भाषामा सूचना, समाचार र मनोरञ्जन उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको हो।

स्लो इन्टरनेटमा पनि सहज र छिटो सञ्चालन हुनेगरी डिजाइन गरिएको यस एपले नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपाली प्रयोगकर्तालाई पनि लक्षित गरेको छ ।

यस एपमार्फत एफएम रेडियो सुन्न सकिने व्यवस्था छ भने मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स पनि समावेश गरिएको छ।

एप सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्ने जनाइएको छ ।