वाई-फाई नेपालकाे "नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान” अफर सार्वजनिक: उही मूल्यमा अझ बढी स्पीड, Dual Band Router सहित
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख २ गते।
धराने मिडिया : नेपालकै तीव्र गतिमा विस्तार भइरहेको र विश्वसनीय फाइबर इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले नयाँ वर्षलाई लक्षित गर्दै "नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान" शीर्षकको विशेष अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकहरूलाई अझ उच्च गति र सुविधासहितको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ।
यो अफर अन्तर्गत ५० Mbps प्याकेज लिने ग्राहकहरूले ७० Mbps स्पीड पाउनेछन् भने ७० Mbps प्याकेज लिने ग्राहकहरूले १०० Mbps स्पीड प्राप्त गर्नेछन्- उही किफायती मूल्यमा।
यस विशेष अफर १२ महिना र २४ महिनाका प्याकेजहरूमा मात्र नयाँ ग्राहकहरूका लागि लागू हुनेछ।
यस अफर अन्तर्गत ग्राहकहरूले Dual Band Router प्राप्त गर्नेछन्, जसले अझ बलियो सिग्नल कभरेज, स्थिर कनेक्टिभिटी र एकै समयमा धेरै उपकरणहरूमा उत्कृष्ट इन्टरनेट प्रदर्शन सुनिश्चित गर्नेछ।
कम्पनीका अनुसार, ‘नयाँ वर्ष स्पीड बुस्ट अफर’ ग्राहकहरूलाई अझ बढी स्पीड, थप सुविधा र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यका साथ तयार गरिएको हो।
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध भएकाले, मौकाको फाइदा उठाउनुहोस्!
थप जानकारीका लागि ग्राहकहरूले wifinepal.com.np मा भ्रमण गर्न वा 01-5970789 मा सम्पर्क गर्न सक्नेछन्।
वाई-फाई नेपाल – स्पीड पनि, सस्तो पनि।




















