एप्पलको सबैभन्दा सस्तो म्याकबुक

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख २८ गते

धराने मिडिया : एप्पलको म्याकबुक निओ अहिले एप्पले सार्वजनिक गरेको सबैभन्दा सस्तो म्याकबुक हो। यसको सुरुवाती मूल्य लगभग मूल्य रु १,१७,००० रुपैयाँ रहेको छ र विद्यार्थीहरूलाई लक्षित गरेर ल्याइएको बजेट-फ्रेन्ड्ली ल्यापटप मानिन्छ।

१४ इन्चको यो ल्यापटपमा ८८ जीबी चिप, २५६ जीबी स्टोरेज, दुईवटा यूएसबी-सी पोर्ट ८ जीबी राम छ। यसको ८/२५६ जीबी संस्करणको मूल्य रु १,१७,००० रुपैयाँ र ८/५१२ जीबी संस्करणको मूल्य रु १,३६,०००  रुपैयाँ राखिएको छ।

यसको मुख्य विशेषताहरूमा १३-इन्च लिक्विड रेटिना डिस्प्ले, ए-१८ प्रो चिप, लगभग १६ घण्टासम्म ब्याट्री, हल्का एल्युमिनियम डिजाइन, चार रंग: Silver, Blush, Citrus, Indigo, macOS र Apple Intelligence सपोर्ट रहेको छ ।

यस म्याकबुकको कमजोरी भन्नुपर्दा केवल ८ जीबी राम (upgrade गर्न नमिल्ने) रहेको छ, सीमित पोर्ट, भारी भिडियो एडिटिङ वा प्रोफेशनल कामका लागि MacBook Pro जत्तिकै शक्तिशाली छैन ।

म्याकबुक निओ किन्नु अघि यी मुख्य कुराहरू ध्यान दिनु राम्रो हुन्छ:

१. तपाईंको प्रयोग कस्तो छ? :  यदि तपाईं पढाइ, कार्यलय काम, युटुभ/जुम, हल्का फोटो एडिटिङ, वेब ब्राउजिङका लागि ल्यापटप खोज्दै हुनुहुन्छ भने म्याकबुक निओ राम्रो विकल्प हुन सक्छ।

२. राम र स्टोरेज भविष्यका लागि पर्याप्त छ? :  म्याकबुक निओमा ८ जि बि राम मात्र छ र upgrade गर्न मिल्दैन त्यसैले धेरै ट्याब खोल्ने भारी मल्टिटास्किङ गर्ने, लामो समयसम्म प्रयोग गर्ने योजना छ भने ५१२ जि बि मोडेल राम्रो हुन सक्छ।

३. Ports कम छन् : यसमा सीमित USB-C पोर्ट छन्। यदि तपाईं पेनड्राभ, एच.डि.एम.आइ, एसडि कार्ड, Projector External Monitor प्रयोग गर्नुहुन्छ भने USB-C Hub किन्नुपर्ने हुन सक्छ।४. Windows बाट Mac मा सर्न गाह्रो हुन सक्छ

४. आइफोन प्रयोगकर्ता हो भने बढी फाइदा : यदि तपाईं आइफोन प्रयोग गर्नुहुन्छ भने एयरड्रप, आइक्यउट, Copy-Paste between devices जस्ता सुविधा धेरै उपयोगी हुन्छन्।

५. आधिकारिक वारेन्टी भएको सेट लिनुहोस् : नेपालमा ग्रे मार्केट सस्तो हुन सक्छ, तर वारेन्टी, अरिजनल चार्जर, ब्याट्री स्वास्थ्य, एक्टिभेशन लक, जाँच्नैपर्छ।